ठुलीभेरी नगरपालिकाको केन्द्र विवाद चर्किदै

डोल्पा :  ठुलीभेरी नगरपालिकाको केन्द्र विवाद चर्किदै गएको छ । केन्द्र सारेको विरोधमा दुनैमा ४८ दिनपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनका कारण दुनै बजार समेत बन्द रहेको छ । ठुलीभेरी नगरपालिकाको केन्द्र सदरमुकाम दुनैबाट जुफाल नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेर सारेर राजपत्रमा प्रकाशित गरेको भन्दै दुनैका स्थानीयहरुले विरोध गर्दै आएका छन् ।

अघिल्लो सरकारको मन्त्रिपरिषदबाट डोल्पाको ठुलीभेरी नगरपालिका केन्द्र सार्ने निर्णयअनुसार फागुन १६ गते राजपत्रमा जुफाल केन्द्र तोकेर प्रकाशित भएको थियो ।  असन्तुष्ट स्थानीयबासीले बिहीबार मेयरविरुद्ध नारावाजी गर्दै उनको पुतला दहन गरेको दुनै संघर्ष समितिका अध्यक्ष शिक्मत शाहीले जानकारी दिए । उनले बुधबारबाट आन्दोलनलाई शसक्त बनाएको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.