ट्रेड युनियन नेतृत्वले नै सहकर्मी नेतालाई थुनाउन खोज्दा…

४ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यमाथि निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले कुटपिट गरेको कुरा ब्यापक भयो । जुम्लाका आधिकारिक ट्रेड युनियन अध्यक्ष नेत्र गिरीको घरपायक सरुवा गर्नका लागि ३ पटक धाइसकेका भण्डारी २०७५ साउन २७ मा पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगे ।

विनाउजुरी नै जीवन भण्डारीलाई थुनाउन खोजेपछि ट्रेड युनियन नेताहरुको पहलमा उनलाई छुटाइएपछि खिचिएको सामूहिक तस्वीर ।
चौथो पटकसम्म सरुवा नभएपछि भण्डारी र कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यबीच किन नभएको भनेर सामान्य विवाद भएको थियो । विवादका क्रममा गमलासम्म फुटेको भण्डारीले बताएका छन् । तर भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गरेको भनेर संघीय मामिला मन्त्रालयका सहसचिव सुरेश अधिकारीले नै दैनिक र अनलाइनका पत्रकारलाई फोन गर्दै समाचार लेख्न आग्रह गरे । उपाध्यक्ष भण्डारी भन्छन्, जुम्लाका साथीलाई जुम्लामै सरुवा गराउन पटक पटक जाँदा पनि काम नभएपछि सामान्य भनाभन भएको हो । मैले ऋषि सरलाई छोएको पनि छैन । यदि ऋषि सरले मैले कुटेको हो भन्नुहुन्छ भने म जुनसुकै संजाय भोग्न तयार छु । ऋषि आचार्यमाथि कर्णालीका साथीको काम गर्ने क्रममा आवेशमा आएर भनाभन भएको कुरालाई कुटपिट भनेर भ्रामक प्रचार गरिएकोमा दुःख लागेको छ ।
भण्डारी यसरी भए गुटको शिकार
संगठनका उपाध्यक्ष भण्डारी जुम्लाका हुन् । उनी शिक्षासेवाका कर्मचारी हुन् । उपसचिव ऋषि आचार्य र उनीबीच भएको विवादलाई लिएर संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाले उनलाई बोलाएर अशिष्ट रुपमा गालीगलौज गरेको भण्डारी बताउँछन् । ऋषि आचार्य सरसँग होइन, निजामती कर्मचारीका अभिभावक सचिवले मप्रति जुन ब्यवहार प्रदर्शन गरे, त्यो झन् दुःखलाग्दो छ ।
सचिवले आप्mना कर्मचारीप्रति गर्ने ब्यवहार कस्तो हुनुपर्छ भन्ने मिडियाले लेखेनन् । तर मैले छुँदै नछोएको बिषयमा कुटपिट गरेको भनेर मिडियाबाजी गरे । उच्च प्रशासकहरुले ट्रेड युनियनकर्मीप्रति नकारात्मक छन्, मिडियाले पनि उनीहरुको कुरामात्र सुनेर समाचार बनाउने गरेको पाइयो । एउटा जुम्लाको साथीले जुम्लामै काम गर्न पाउनुपर्छ भनेर भन्न पनि हामीले नपाउने ?
३ पटक धाउँदा पनि नभएपछि किन भएन भनेर सोध्न पाउने अधिकार छैन ? यो घटनाबाट पनि कर्णालीबासी कति पीडित छन् भनेर बुझ्न सकिन्छ । हामी कर्णालीका मानिसको पहुँच कति कमजोर रहेछ भन्ने यसबाट पुष्टी भएको छ । मेरो सहसचिव, सचिवसँग पहुँच हुन्थ्यो भने जुन सामान्य भनाभन वा छलफल भयो, त्यो पनि हुँदैनथ्यो होला ।
कर्णालीका कर्मचारी साथीका काम गर्दा सामान्य भनाभन भएको बिषयलाई तिललाई पहाड बनाउने काम टेण्डरमा सरुवा गर्ने संगठनका गुटीयारहरुले गरेका हुन् । म संगठनको गुटको शिकार हुँदैआएको छु । मलाई संगठनको गुटले कांग्रेस समर्थक कर्मचारी प्रयोग गरी जुम्लाबाट खोटाङ सरुवा गर्दा पनि सहेरै आएको हुँ ।

भण्डारीका बिरुद्ध उपसचिव कुट्यो भनेर समाचार प्र्रवाह गराउने काम आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा र बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले नै गरेका थिए, साँघुमा समाचार छ । उनीहरुको काम आएका समाचारहरु विभिन्न ब्यक्तिलाई म्यासेज गर्नेदेखि सेयर गर्ने काम पनि गरे । त्यतिले मात्र नपुगी ढकाल, देवकोटा र कोइरालाको इशारामा साउन ३१ मा उनलाई गिरफ्तार गर्न निवासमै प्रहरी पठाइएको थियो । कुटपिट गर्ने ऋषि आचार्यले जाहेरी वा उजुरी नै नदिई उनलाई माथिको निर्देशन छ भन्दै एकाबिहानै प्रहरी निवासमा लिन पुगेका थिए । तर संगठनमा निरन्तर लागेका कर्मठ संगठक भएकाले सबै कर्मचारीहरु सरकारी वकिल, सीडीओ कार्यालय र प्रहरीमा अनृुरोध गरेर उनलाई थुनामा राख्न भने नदिई सोही दिन छुटाए । ढकाल, देवकोटा र लेखनाथले आफ्नै संगठनका उपाध्यक्ष भण्डारीलाई थुनाउन सत्ताको दुरुपयोगसम्म गरेको आरोप छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.