जोशीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री ओलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले शैक्षिक योग्यताको प्रमाण पत्रलगायतका विषयमा विवादमा मुछिएकाले राजीनामा दिएर सुरक्षित अवतरण खोज्न जोशीलाई सल्लाह दिएका हुन ।

सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जोशीले राजीनामा नदिए संसदीय सुनुवाई समितिमा रहेका नेकपा र सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसदलाई जोशीको नाम अस्वीकार गर्न निर्देशन दिइसकेका छन् । यसबारे जोशीलाई पनि जानकारी गराइएको संसदीय सुनुवाई समितिमा रहेका नेकपाका एक नेताले जानकारी दिनु भयो ।

पन्ध्र सदस्यीय समितिमा नेकपाका नौ, अर्को सत्तारुढ दल फोरमका एक, सरकारलाई समर्थन गरेको राजपाका एक र कांग्रेसका चार सदस्य छन् । समितिमा सरकारमा रहेका नेकपा र फोरमका गरी दश सदस्य छन् । यो संख्या दुई तिहाई भएकाले जोशीको नाम अस्वीकार गर्न सरकारलाई कुनै गरो हुने छैन ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.