जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, चार घाइतेलार्इ काठमाडाैँ ल्याइयाे

रुकुम(पूर्व)को सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दुर्घटना भएको हाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)काअनुसार मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन, १३ नम्बर वडाकी तिर्सना तुलाचन, १४ नम्बर वडाकी सालिनी बर्मा, बाँके कोहलपुरकी ललिता परियार र भूमे गाउँपालिका ४ का २८ वर्षीय अर्जुन विक छन् ।

दुर्घटनामा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा मुसीकोट नरपालिकाका ५२ वर्षीय जीप चालक जयवीर कामी, पुथाउत्तरगंगा गाउँपालिका–११ का २५ वर्षीया प्रमिला बुढामगर, सोही गाँउपालिका– २ का २७ वर्षीय धनिराम पुन र २७ वर्षीया सम्झना पुन रहेका छन् ।

उनीहरूको थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । जीप सडकभन्दा झन्डै सय मिटर तल खसेको प्रहरीको अनुमान छ । घाइतको काठमाडाैँकाे शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.