जर्सीले बनायो वर्षालाई ब्राजिलको फ्यान

घरमा फुटबल फ्यानहरु भएकाले छुट्टै क्रेज हुने गर्छ। भाइहरु गेमा क्रेजी, वर्ल्डकप त छुटाउने कुरै भएन। त्यसैले तान्यो अभिनेत्री वर्षा राउतलाई। सन् २०१० देखि उनले विश्वकप हेर्न थालेकी हुन्। गत विश्वकपमा भाइहरुले ब्राजिलको सपोर्ट गरे। अनि वर्षा पनि भइन्, ब्राजिलकै समर्थक।

आफूले सपोर्ट गरेको टिमको जर्सी सबैलाई खास लाग्छ। उनले अझ विशेष। ब्राजिलको जर्सीसँग वर्षाको अनौठो मोह रहेछ जसले उनलाई ब्राजिलकै भइरहन प्रेरित गर्छ।

भाइहरुले विश्वकप हेर्दा ब्राजिलको जर्सी घरमा लेराउँथे। ब्राजिलको जर्सी उनलाई पनि मन पर्‍यो। वास्तवमा ब्राजिलको जर्सी मन परेकाले नै पनि उनले ब्राजिलको सपोर्ट गर्न थालेकी हुन्।

‘भाइहरुले ल्याएको ब्राजिलको जर्सी मन पर्‍यो, त्यसले टिम पनि मन पर्न थाल्यो,’ उनले भनिन्। तर, विश्वकप २०१८ मा ब्राजिलको पहिलो खेल उनलाई चित्त बुझेन।’खेल चाखलाग्दो र रमाइलो थियो,’ भनिन्, ‘तर आफूलाई चित्तबुझ्दो चाहिँ भएन।’

ब्राजिलका नेमार र विलियन मनपर्छ उनलाई। उनी ब्राजिलको अन्य खेलका लागि निकै उत्साहित पनि छिन्। ‘एकदम एक्साइटेड छु, बाँकी खेल पक्कै राम्रो खेल्छन्,’ उत्साह सेयर गरिन् उनले।

समर्थन गरे पनि टिमका लागि बाजी भने उनी राख्दिनन्। न त वर्ल्ड कप जित्छ भनेर दावी नै गर्छिन्। तर, ब्राजिलको जितको कामना भने गर्छिन्।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.