चेल्सीको सम्भावना जीवित

बर्नलीमाथि २–१ को जित हात पार्दै साबिक विजेता चेल्सीले इङलिस प्रिमियर लिगको शीर्ष ४ मा बस्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने झिनो सम्भावना जीवित राखेको छ।

यस जितपछि ३४ खेलमा ६३ अंक जोडेको चेल्सी पाँचौं स्थानमा यथावत रहँदै चौथो स्थानको टोटेनह्यामसँगको दुरी ५ अंकमा झार्न सफल भएको छ।

‘हामीले स्वभाविक लय गुमाउँदा शीर्ष ४ मा रहन कठिन सघर्ष गर्नु प-यो ,’ चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘तर अब बाँकी खेलमा स्पष्ट तीन अंक जोड्न सके हाम्रो शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट सम्भावना कायम रहन सक्छ।’

२०औं मिनेटमा बर्नलीका केभिन लङले गरेको आत्मघाती गोलमा चेल्सीले अग्रता लिएको थियो। भिक्टर मोसेसको प्रहार रोक्ने क्रममा बलले लङलाई छुदै पोस्टको दिशा लिएको थियो।

६४औं मिनेटमा एस्ले बार्नेसले योहान बर्ज गुडमुन्डसनको पासमा गोल गर्दै बर्नलीलाई खेलमा फर्काएका थिए।

तर त्यसको ५ मिनेटपछि मोसेसले गरेको गोल चेल्सीको जितमा पर्याप्त बन्यो। मोसेसले इमरसनको पासलाई जाली चुमाएका थिए।त्यस्तै बिहीबारै सम्पन्न अर्काे खेलमा लेस्टर सिटी र साउथह्याम्टनले गोलरहित बराबरी खेले।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.