अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग भेटघाटको प्रस्ताव राखेका छन् ।ट्रम्पले ‘बिना कुनै पूर्वशर्त’ र ‘जुनसुकै बेला’ रुहानीसँग भेटवार्ताका लागि प्रस्ताव राखेका हुन् ।ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्रीसँग आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘म जोसुकैलाई भेट्न सक्छु । म भेटवार्तामा विश्वास गर्छु । यदि उनले चाहे भने हाम्रो भेट पक्कै हुनेछ ।’
यसै महिनाको सुरुदेखि अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रपति रुहानीले एकअर्कालाई चेतावनी दिएपछि ट्रम्पले भेटवार्ताका लागि प्रस्ताव राखेका हुन् ।
ट्रम्पले पुरानो परमाणु सन्धीको ठाउँमा केही उत्कृष्ट समाधान निकाल्ने विषयमा कुराकानी गर्न चाहेको बताएका छन् । यद्यपी, इरानी राष्ट्रपतिका सल्लाहकार हामिद अबूतलेबीले पारमाणविक सम्झौतामा फर्केमा र इरान राष्ट्रका अधिकारको सम्मान गरेमा त्यसले वार्ताका लागि बाटो खोल्ने भन्दै ट्वीट गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको यो प्रस्तावको केही घण्टा अघि इरानका विदेशमन्त्रीले अमेरिकासँग कुनै पनि प्रकारको कुराकानीको सम्भावनालाई अस्विकार गरेका थिए ।
उनलाई अमेरिका विश्वास गर्न लायक नभएको पनि बताएका थिए ।अमेरिका इरान परमाणु सन्धीबाट बाहिरिएपछि गत मे महिनादेखि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।यो सम्झौता अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धहरु हटाइएपछि इरानले आफ्ना परमाणविक गतिविधिहरु नियन्त्रण गरेको थियो ।
इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधका बाबजुद अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ ।यदि यी दुई नेताबीच भेट भइहाले सन् १९७९ को इरानी क्रान्तिपछिको पहिलो भेटवार्ता हुनेछ ।
To Iranian President Rouhani: NEVER, EVER THREATEN THE UNITED STATES AGAIN OR YOU WILL SUFFER CONSEQUENCES THE LIKES OF WHICH FEW THROUGHOUT HISTORY HAVE EVER SUFFERED BEFORE. WE ARE NO LONGER A COUNTRY THAT WILL STAND FOR YOUR DEMENTED WORDS OF VIOLENCE & DEATH. BE CAUTIOUS!
— Donald J. Trump (@realDonaldTrump) July 23, 2018
https://platform.twitter.com/widgets.js
Credit : onlinepana.com
