चुनावी बैठकमा विस्फोट, नेतासहित १४ को मृत्यु

पाकिस्तानमा आत्मघाती विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ। पेशावर सहरमा मंगलबार राति एक चुनावी बैठकमा विस्फोट हुँदा १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अवामी नेसनल पार्टी (एएनपी) का नेता हारून बिलौर समेत रहेका छन्। प्रारम्भिक खबर अनुसार याकातुत इलाकामा भएको उक्त विस्फोटमा १२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई नजिकैको लेडी रिडिङ अस्पतालमा लगिएको छ।

बिल्लौर र एएनपीका कार्यकर्ता पार्टीको बैठकका लागि जम्मा भएपछि विस्फोट भएको पाकिस्तान प्रहरीले जनाएको छ। बिलौर मञ्चमा पुगे लगत्तै एक आत्मघाती आक्रमणकारीले आफूलाई उडाएका थिए।

विस्फोटमा गम्भीर घाइते भएका बिलौरलाई तत्काल अस्पताल लगिए पनि उनको मृत्यु भएको घोषणा चिकित्सकले गरेका थिए। घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन्। बिलौरका पिता एवं एएनपी के वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठककै क्रममा तालिबानको आत्मघाती आक्रमणमा मारिएका थिए। -एजेन्सी

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.