प्रधानमन्त्री केपी ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिड्न विश्व समूदायलाई नै आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न पनि विश्वका सरकार प्रमुखहरुलाई आग्रह गरेका छन् ।
७३ औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् ।
उनले नेपालमा द्वन्द्व हुन नदिन सरकारले समाजमा मित्रतापूर्ण सम्बन्ध बढाउन चाहेको स्पष्ट पार्दै विनाशकारी हतियारविरुद्ध आवाज उठाउन पनि विश्व समूदायलाई अपिल गरे । प्रधानमन्त्री ओलीले विनाशकारी हतियारलाई निषेध गर्न नेपालले मित्रताको, शान्ति र सहअस्तित्वको नीति लिएको पनि बताए ।
Credit : onlinepana.com
