गोकर्णेश्वरमा सुरु भयो ड्रोनबाट नक्साङ्कन

गोकर्णेश्वर नगरपालिकाले शहरी योजनाहरु अघि बढाउन ड्रोनबाट उच्च गुणस्तरीय हवाइ फोटोहरु लिने भएको छ । नेपालमै पहिलो पटक नगरपालिकाको नक्सांकनका लागि ड्रोनको प्रयोग गोकर्णेश्वरमा गरिएको हो । उक्त परियोजनाको उद्घाटन नगरप्रमुख सन्तोष चालिसेले ड्रोन उडाएर गरे ।

गोकर्णेश्वर नगरपालिका र स्ट्रक्चर डिजाइन एण्ड सर्भिसेज, ड्रोनेपाल र नक्सा प्रालिको संयुक्त सहकार्यमा नगरपालिकाको नक्सांकन गर्न लागिएको हो ।

कोइका र कोरियाको एन्जल्सविङ नामक कम्पनीको सहयोग प्राप्त ड्रोन नेपाल पहिलो ड्रोन सेवा पप्रदान गर्ने कम्पनी हो ।यसले ड्रोनको प्रयोग गरेर नगरपालिकाहरुमा सर्भे, परियोजनाको प्रगति अनुगमन, नक्साङ्कन गर्ने छ। 

नेपाल फ्लाइङ् ल्याबका संयोजक तथा नाक्सा प्राइभेट लिमिटेडका संस्थापक उत्तम पुडाशैनीका अनुसार ड्रोनले सर्भे गर्न, कुन परियोजना, कहाँ, कस्तो अबस्थामा भइरहेको छ भनेर उच्च गुणस्तरको फोटो/भिडियो खिचेर अनुगमन गर्न मद्दत गर्छ

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.