गृहमन्त्री थापाविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि………..!

गृहमन्त्री राम बहादुर थापाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ। पूर्वलडाकु लेनिन विष्टले गृहमन्त्री थापाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनले आफुलाई राज्यले थाइल्याण्ड जानबाट रोकेर संविधानले दिएको स्वतन्त्रताको हक र समानताको हक उलंघन भएको भन्दै  आफूलाई रोक्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको पत्र बदर गरी विदेश जानबाट नरोक्न आदेश जारी गर्न माग गरेका छन् ।

  विष्टले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रीका विशेष सल्लाहकार सूर्य सुवेदी पथिक, अध्यागमन विभाग, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

गत ८ गते विमानस्थलबाट थाइल्याण्ड जान लाग्दा विष्टलाई गृहमन्त्री थापाकाे ठाँडाे अादेशमा सअध्यागमनका कर्मचारीहरुले राहदानीमा प्रस्थानको छापमा रद्द गरिएको छाप लगाई बोर्डिङ पाससमेत खोसेका थिए ।

अध्यागमनले थाइल्याण्ड कार्यक्रममा जान लागेकोमा जुन कार्यक्रममा जान लागेको हो त्यस विषयमा संवद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस र स्वीकृति नदेखिएकोले प्रस्थान अनुमति नदिएको’ ब्यहोरो उल्लेख गरेर निवेदन दिएको थियो । उनको रिटमा आइतबारलाई पेशी तोकिएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.