गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ ले वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई मंगलबार मन्त्रालयमा झिकाएर ‘भनेअनुसार काम गर्न’ अनुचित दबाव दिएको समाचार शुक्रबारको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।
समाचार अनुसार ‘गृहमन्त्रीको आदेश’ भन्दै अधिकारीलाई लिन गाडी नै पठाइएको थियो । ‘अपहरणको शैलीमा गृह मन्त्रालय लगिएको’ भन्दै सरकारी चिकित्सक संघले आपत्ति समेत जनाएको छ ।
स्वास्थ्य जाँचपछि ट्रमा सेन्टरका चिकित्सकहरुले दिने रिपोर्टका आधारमा द्वन्द्वकालका घाइतेहरुको वर्गीकरण हुँदै आएको छ । घाइतेहरुको अपांगताका आधारमा सरकारले भत्ता र सरकारी सेवामा आरक्षणलगायतका सुविधा दिने गर्छ । प्रत्येक पाँच वर्षमा घाइतेहरुको स्वास्थ्य परीक्षणपछि उनीहरुको वर्गीकरण तलमाथि पार्ने गरिन्छ । जसका आधारमा उनीहरुले पाउने भत्ता समेत घटी–बढी हुनेगर्छ ।
यस्तो रिपोर्ट बनाउँदा ‘आफूले भनेअनुसार गर्न’ गृहमन्त्रीका सल्लाहकार पथिकले अधिकारीलाई अनुचित दबाव दिएको समाचारमा उल्लेख छ ।
Credit : newskoseli.com
