गर्मीमा पसिना गन्हाउँछ ? यस्तो छ सबैभन्दा प्रभावकारी उपाय

के तपाई पनि गर्मीमा आउने पसिना गन्हाएर हैरान हुनुहुन्छ ? पसिनाकै कारण कसैको अगाडि जान हिच्कीचाउनु हुन्छ ? चिन्ता नगर्नुस्, यस्तो समस्याबाट सजिलै छुट्कारा पाउन र ताजा महसुस गराउन विभिन्न उपायहरु अपनाउनुस् ।

पुरुषको लागी उपाय

नुहाइसकेपछि कागतीको रस, तथा अन्य फुलको रसबाट बनेको पर्फ्युम प्रयोग गर्नुहोस् । यसले शरिरमा सुगन्ध छाउने छ ।एकदमै कडा बास्नादार पर्फ्युम प्रयोग नगर्नुस् ।

नियमित रुपमा काखी सफा गर्नुहोस् । नुहाउदा जहिले एन्टीव्याक्टेरियल साबुनको प्रयोग गर्नुस् ।
जंक फुड तथा कफि, अल्कोहल लगायत पेय पदार्थ नखानुस्

महिलाको लागी उपाय

महिलाले बास्नादार तथा फलफुलबाट बनेका पर्फ्युम प्रयोग गर्नुस् ।घरेलु पदार्थ जस्तै जिरा, कागती, कपुरबाट बनेका पर्फ्युमको प्रयोगले पसिना गन्हाउदैन ।तनावको कारण पनि पसिना गन्हाउने हुन्छ । यसका लागी तनावमुक्त रहनुस् ।

तालीका मिलाई खाना परिवर्तन गर्नुस् ।कपडाको रंग तथा कपडाको किसिमले पनि शरिरमा पसिनाको गन्ध आउन सक्छ । त्यसैले उपयुक्त कपडा छनोट गरेर लगाउनुस् ।

सबैभन्दा प्रभावकारी उपाय

पर्याप्त पानी खानुस। चुरोट, सुर्ती र रक्सी सेवन नगर्नुस् र शाकाहारी खाना मात्र खानुस्। केही समयमै पसिना गन्हाउने समस्या निर्मुल हुन्छ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.