गगन थापाले लगाए यस्तो आरोप : एमाले बन्यो दश लाख सेयरहोल्डरवाला ‘प्राइभेट लिमिटेड’ !

काङ्ग्रेसका युवा नेताहरूबाट आफ्नै पार्टीनेतृत्वको विरोधमा उत्रँदै गर्दा सत्ता सञ्चालनको मुख्य घटक एमालेप्रति पनि आक्रामक देखिएका छन् । उनीहरूले देशभरि काङ्ग्रेसको संगठन निर्माण, सुदृढीकरण अभियानका साथै सत्तापक्षका कमजोरीलार्ई पनि जनतामाझ उजागर गराउने अभियान सञ्चालन आरम्भ गरेका छन् ।

अहिले काङ्ग्रेस युवानेताहरू राजधानीलगायत देशका विभिन्न जिल्ला पुगेर सङ्गठन निर्माणका लागि जुटेका छन् ।यसै सिलसिलामा काङ्ग्रेसका युवा नेता गगन थापा विहिबार चितवन पुगे ।

चितवन पुगेर उनले जिल्ला नेतृत्वसँग संगठन सुदृढको विषयमा छलफल चलाए । शुक्रबार कार्यकर्ताहरूमाझ सम्बोधन गर्दै थापाले सत्ताको मुख्य घटक एमालेलाई नीजि कम्पनीको संज्ञा दिँदै भने, ‘एमाले रूपमा ठुलो पार्टी भए पनि खासगरी एक नीजि कम्पनी जस्तो भयो ।’ आफ्ना कार्यकर्ताको मात्र पक्षपोषण गरेर एमालेले सत्ता सञ्चालनमा प्राइभेट कम्पनीको काम गरेको आरोप उनले लगाए ।

एमालेमा १० लाख ‘शेयर होल्डर’ (कार्यकर्ता) छन्, कुनै कारणले ताल बिग्रियो भने १०औं लाख शेयरवालाहरूको जिविकोपार्जनमा असर पर्ने थापाले बताए ।

एमाले र माओवादीले खोक्रो कम्युनिष्टको खोल ओडेर चुनाव जितेकाले आफ्ना कार्यकर्ता निरास नहुन काङ्ग्रेस नेता थापाले आश्वस्त पारे । उनले अबको ५ वर्षभित्र काङ्ग्रेसलाई सबैभन्दा ठुलो र सशक्त पार्टी बनाउनुपर्ने उल्लेख गर्दै चुनाव भनेको ‘युद्ध’ भएकोले हारजित भइरहने भएकोले यसलाई सामान्य रूपमा लिनुपर्ने बताए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.