कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका अखिलेश उपाध्यायले एकाएक एकैसाथ राजीनामा दिएका छन्।
दुवै प्रधान–सम्पादकको केही समयदेखि व्यवस्थापनसँग मतभिन्नता रहेकाले एकैसाथ राजीनामा दिएका हुन्।
स्राेतका अनुसार पछिल्ला दिनमा दुवै पक्षबीच छलफल भए पनि सहमतिमा पुग्न नसकेको कारण द्धय प्रधान–सम्पादकले देखाएका छन्।
दुवै सम्पादकले मंगलबार दिउँसो आ–आफ्नो समाचार कक्षमा पत्रकारहरूलाई राजीनामाबारे जानकारी गराएका हुन्। यसबारे व्यवस्थापनबाट बुधबार औपचारिक जानकारी आउने उनीहरूले बताएका थिए।
कान्तिपुरका पूर्व सम्पादक नारायण वाग्ले र काठमाडौं पोस्टका प्रतीक प्रधानले सन् २००८ मा राजीनामा दिएपछि शर्मा र उपाध्यायले १० वर्षदेखि पत्रिकाको नेतृत्व सम्हाल्दै आएका थिए।
Credit : onlinepana.com
