कालिकोटका १०८ घरपरिवार पहिरोका कारण विस्थापित

कर्णाली राजमार्गमा पर्ने खाँडाचक्र नगरपालिका–३ मोल्फा बजार र घोडेना गाउँमा बीचमा पहिरो आउँदा १०८ घर परिवार बिस्थापित भएका छन्। पहिरोका कारणले मोल्फा बजारका ५२ घरधुरी र घोडेना गाउँका ५६ घरधुरी विस्थापित भएका हुन्।

पहिरोका कारणले दुबै गाउँका १०८ घरधुरी उच्च जोखिमका रहेको सुरक्षित बासस्थानका लागि अन्यन्त्र सारिएको छ। पहिरोका कारणले सयौं हेक्टरमा लगाइएको अन्न बाली नष्ट भएको र दुई घर परिवारका सदस्य पूर्व रुपमा विस्थापित भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए।

‘पहिराको कारणले दुई गाउँ उच्च जोखिममा रहेका छन्।’ उनले भने, ‘जोखिममा रहेका परिवार सुरक्षित वासस्थानमा वस्नका लागि आग्रह गरिएको छ।’

सोमबार बिहान करिब २ वजेतिर आएको पहिरोेले स्थानीय सबैलाई गाउँ छाड्न बाध्य खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगधीश शाहीले बताए। ‘गाउँ कै छेउमा फुटेको पहिरोको कारणले गाउँ नै उच्च जोखिममा रहेको छ।’

उनले भने, ‘जोखिममा रहेको बस्तीलाई अयन्त्र सार्ने तयारी भएको छ।’ पहिरोका कारणल स्थानीय पदमबहादुर शाहीको घर पूरै भासिएकाले छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.