काठमाडौंमा डेढ सय भारतीय कमाण्डो !

भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएका छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमाण्डो फोर्स काठमाडौं आइपुगको हो ।

बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमाण्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ । भारतबाट भने वरिष्ठ अधिकृतकै कमान्डमा फौज आएको स्रोतले जानकारी दियो । सम्मेलनस्थल सोल्टी होटल, डिनरस्थल हायात तथा पाहुनाको आवगमनस्थल वरपर सैनिक कमाण्डो तैनाथ भएको स्रोतको दाबी छ ।

सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराजलगायतको भारतीय प्रतिनिधिमण्डलको टोली विशेष विमानबाट बिहीबार काठमाडौं आउँदै गरेको खबर मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.