काठमाडौंका मेयर अनुमतिविनै विदेश भ्रमणमा !

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिविनै विदेश भ्रमण गएका छन् ।

उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् ।

संविधानको धारा ५९ (६) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहका पदाधिकारीले विदेश जाँदा सम्पर्क मन्त्रालयमार्फत कार्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।

‘जनप्रतिनिधि विदेश भ्रमणमा जाने गरेको अनौपचारिक जानकारी चाहिँ पाएका छौं,’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने– ‘औपचारिक जानकारी दिने गरेका छैनन् ।’ विद्यासुन्दर शाक्यको अपरिपक्वता वा हेपाहा व्यवहारबारेको यो खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.