काँग्रेसमा देखिएको समस्या सुल्झऊ

नेपालमा प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने सिंगो आन्दोलनको अर्को नाम ‘नेपाली काँग्रेस’ हो । राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीयले गणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो ।

नेपालीको विकास र समृद्धिमा नेपाली काँग्रेसको महत्वपुर्ण भुमिका छ । तर, नेपाली काँग्रेसमा देखिएको अहिलेको किचलोले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीलाई अरु दलको सामु खुम्चाइदिएको छ ।

नेपाली काँग्रेसको कमिकजोरीका कारण काँग्रेस जनताको लोकप्रिय बन्न सकेको छैन । गुटबन्दि, दललाई विश्वासघात गर्ने कार्यकर्ताको वृद्धि लगायत विभिन्न कारणले नेपाली काँग्रेस जनताको लोकप्रिय दल बन्न सकेको छैन । तसर्थ, नेपाली काँग्रेसमा गुटबन्दि लगायत दलमा देखिएको कमिकमोजोरिलाई सुल्झाउन आवश्यक छ ।

नेपाली काँग्रेसको विकासले देशलाई विकास र समृद्धि दिलाउन मद्धत पुग्ने हुनाले पनि काँग्रेसमा थुप्रै सुधार आउन जरुरी छ । युवा नेताहरुका जायज मागलाई सम्बोधन गर्न नसक्नु र सभापतिका कमिकमजोरिका कारण नेपाली काँग्रेस अघि बढ्न सकिरहेको छैन । तसर्थ, देशको विकास हुन नेपाली काँग्रेसमा परिवर्तन आउन आवश्यक छ ।

जनताको मन जित्न सफल कम्युनिष्ट दलहरुबाट नेपाली काँग्रेसले धेरै कुरा सिक्नुपर्दछ । जनताको समस्या सुल्झाउनुपुर्व दलमा एक्यबद्धता आवश्यक छ । अतः देशमा रहेका शिर्ष दलको विकास नै देशको विकास हो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.