कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन ३ मा भएको घटनाको छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ। कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाही सदस्य रहेका छन्। उक्त कार्यदलले एक साताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको छ ।
Credit : raranews.com
