सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग (केपिएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी जेठ ४ गते देखि १२ गतेसम्म बन्धुविकास सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
सुर्खेतको बिरेन्द्रनगर स्थित कालिङ्चोक क्रिकेट मैदानमा आयोजना गरिने यस प्रतियोगितामा देशका प्रतिष्ठित दश क्लबको सहभागिता रहनेछ ।
करिब २० लाख लागतमा संचालन हुन लागेको यस प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ र द्धितिय हुनेले एक लाख ५० हजारसहित ट्रफि पाउने जनाइएको छ । त्यसैगरी म्यान अफ दी सिरिज हुनेले २५ हजार, उत्कृष्ट ब्याटस्म्यान र उत्कृष्ट बलरले नगद १०-१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
Credit : onlinepana.com
