कर्णाली प्रदेशलाई ‘जैविक प्रदेश’ बनाइने खाद्यपदार्थको विषादी परीक्षण प्रयोगशाला स्थापना हुदै

कर्णाली प्रदेशका किसानले उत्पादन गर्ने गरेका जैविक अर्गानिक फलफूल, सागपात र मासुले बजार नपाएको गुनासो हरेक जिल्लामा सुन्ने गरिएको छ । किसानले उत्पादन गरेका कृषिजन्य पदार्थ बारीमै सड्ने गरेको, भारत तथा अन्यत्रबाट आयात गरिने खाद्य पदार्थ सस्तो हुने गरेकोजस्ता समाचार बेलाबेला आउने गरेका छन् ।

गाउँपालिका–४ गुरासेमा जैविक आलुखेती गर्दै आएका कृषक पशुपति न्यौपानेले आफूहरूलाई भारतबाट आएको आलुसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको बताए ।

‘हामीले उत्पादन गरेको आलुलाई भारतबाट आयात गरिएको आलुसँग प्रतिस्पर्धा गरिरहनुपरेको छ,’ वडा सदस्य समेत रहेका कृषक पशुपतिले भने, ‘यो समस्या समाधान गर्न सके कृषकलाई असाध्यै राहत हुने थियो । उनले आफूहरूले जैविक उत्पादन गर्दा समय बढी लागेपनि भारतबाट आयात गरिएको मूल्यमा आलु बेच्दा मन खिन्न हुने गरेको प्रतिक्रिया दिए ।

प्रदेश सरकारले कर्णालीलाई जैविक प्रदेश बनाउने सपना देख्दै कृषकलाई जैविक खाद्य बाली उत्पादन गर्न उत्प्रेरित गराउने योजना रहेको सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।
‘हामीले कृषकलाई जैविक उत्पादन बढाउन अभिप्रेरित गर्न खोजेका छौं,’ उनले भनिन्, ‘त्यसका लागि हामीले आवश्यक बजेट समेत विनियोजन गरिसकेका छौं ।’

सरकारका प्रवक्ता समेत रहेकी मन्त्री विमला केसीले कर्णालीका जैविक उत्पादनलाई उचित मूल्य दिलाउन हाललाई कर्णालीका २ वटा स्थानमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्न लागिएको बताइन् ।

‘हामीले अर्गानिक कर्णाली प्रदेश बनाउने सपना देखेका छौं । उक्त सपनालाई परिपूर्ति गर्न हामीलाई परीक्षण प्रयोगशाला आवश्यक छ उनले भनिन्, ‘त्यसका लागि शुरूमा सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा उक्त प्रयोगशाला खोल्ने योजना बनाई बजेट समेत विनियोजन गरिसकेका छौं अब काम सुरु हुन्छ

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.