कर्णाली प्रदेशका आर्थिक अवस्था नाजुकलाई एसइइ उत्तीर्ण विद्यार्थी छात्तवृत्ति

नेपाली सांस्कृतिको उत्थानका निम्ति कर्णाली क्षेत्रका बासिन्दाको अतुलनीय योगदान रहेको धारणा राख्दै त्यहाँका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा जोड दिनुपर्नेमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य माननीय बालकृष्ण खाड जोड दिनुभयो ।

हिजो राजधानीको राष्ट्रिय नाचघरमा कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उहाँले सो कुरा बताउनुभएको हो ।

केन्द्रले कर्णालीका सामुदायिक विद्यालबाट एसइइ पास गरेका आर्थिक अबस्था नाजुक भएको काठमाडौं मा अध्ययन गर्न चाहने केही विद्यार्थीलाई छात्रवृत्ति समेत बितरण गरेको थियो । सो अवसमा शिक्षा, कलाकारिता र समाजिक क्षेत्रमा क्रियाशील कर्णाली क्षेत्रका व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कर्णाली क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थी भाइबहिनीहरुको उच्च शिक्षा आर्थिक संकटको कारणले नरोकियोस् भन्ने ठानेर हामीले जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरेका हौँ, कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीले बताउनुभयो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.