करेन्टबाट घाइते बालकको मृत्यु

सल्यान : करेन्ट लागेर गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। बन्गाड कुपिन्डे नगरपालिका–११ गहराका नौ वर्षीय आदर्शजंग शाहको उपचारको क्रममा कान्ति बाल अस्पताल काठमाडौं मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

बैशाख १८ मा बालुुवासंग्रहीबाट दुध बिक्री गरेर घर फर्किने क्रममा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए। नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण घटना भएको परिवारले आरोप लगाएको छ। लत्रिएको तारमा करेन्ट छोडेको स्थानीयलाई जानकारी नगराउँदा दुर्घटना भएको उनीहरुको भनाइ छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.