कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते

कम्बोडियाका राजकुमार नोरोडोम रनरिद्द र उनकी श्रीमती दुर्घटनामा परेका छन्। उक्त दुर्घटनामा राजकुमार रनरिद्दकी श्रीमती अउक फल्लाको निधन भएको छ। राजकुमार र उनकी श्रीमती सवार गाडी आइतबार कम्बोडियाको एक दक्षिणी राज्यमा दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ।

‘राजकुमारकी श्रीमतीले दिउँसो साढे १२ बजे (स्थानीय समय)मा उपचार हुँदा हुँदै प्राण त्याग्नु भएको छ,’ प्रीच सिहानाउक प्रान्तका प्रहरी प्रमुख जेल चौउन नारीनले भने, ‘७४ वर्ष राजकुमारलाई हेलिकप्टरबाट उपचारका लागि अस्पताल लगिएको छ।’ दुर्घटना स्थानीय समय अनुसार विहान ९ बजे भएको थियो।

विपरित दिशाबाट आइरहेको  ट्याक्सी राजकुमारको कारमा ठोक्किएको प्रहरीले जनाएको छ। ट्याक्सीमा रहेका पाँच जना यात्रुहरुलाई समेत चोटपटक लागेको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.