कट्टेल नेतृत्वको नेकपाद्वारा ओली, प्रचण्डलाई सुरुवाती झड्का, संचार माध्यमलाई समेत कारबाहीको माग    

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी (नेकपा)ले आफ्नो नामको अर्को पार्टी दर्ता भएको भन्दै प्रचार भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार विज्ञप्ति निकाल्दै नेकपाले सञ्चारमाध्यमहरुमा सो पार्टीको अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल रहेको भनी प्रचार भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

नेकपाले सार्वजनिक गरेको विवरणमा सरकारका मानिसहरुबाट पनि यस किसिमको अभिव्यक्ति आइरहेको कारण यस विषयमा छानबिन गरी यस्तो कार्य गर्नेहरुलाई कारबाहीको माग गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टीको नाममा यसअघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेको छ ।

निर्वाचन आयोगको नियममा दर्ता भइसकेको दलको नाम पुन: दर्ता हुन नसक्ने कानुनी व्यवस्था छ । यसबाट नेकपाले संविधानको उलंघन भएको भन्दै कारबाहीको लागि माग गरेको हो ।

विज्ञप्तिमा स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै सरकारमै रहेका दलहरुवाट संविधान र कानुनको सोझै उलङ्गन हुनु र सम्वन्धित निकाय समेत मौन रहनुले नेपालको लोकतन्त्र र कानुनी मान्यताको उलङ्घन भएको उल्लेख गरिएको छ ।

नेपाल सरकार, राजनीतिक दलहरु र सञ्चारमाध्यमहरुलाई विपक्षी बनाउँदै नेकपाले सो कार्य रोकी संविधान र नागरिकको मौलिक हकको रक्षा गर्न आग्रह गरेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.