पचास पचासको अड्डी लिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब ६०-४० मा आएर झुकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली केही लचिलो भएका छन् ।विशेष सुत्रले दिएको जानकारीअनुसार प्रचण्डले ६०-४० मा पुग्न एमालेसँग बाग्रेनिन पावर बढाउन पचास पचासको कुरा गरेका थिए ।
तर त्यसमा एमाले अध्यक्ष ओली लचिलो बनेपछि एकताको गाँठो फुक्ने भएको छ ।यी दुई पार्टीको एकता वैशाख ९ मा हुन्छ या पछि भन्नेबारे अझै निक्र्योल नभएको बुझिएको छ ।एकताका लागि कसरी अगाडि बढ्ने भन्नेबारे एमाले र माओवादी केन्द्रको आ आफ्नो बैठकले ठोस गर्ने बताइएको छ ।
यस्ता थिए विवादित एजेण्डाहरू –
कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित १० वटै तहका कमिटीको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने विषय टुंगो लाग्न बाँकी छ ।
यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता भन्ने विषय ठूलो नरहेको बताउँदै आएका छन् ।
एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने अडानमा छ ।
दुई दलका दुई रणनीतिकै कारण कार्यदलले टुंग्याउन नसकेका विवादित विषय शीर्ष नेता सम्मिलित संयोजन समितिमा आइपुगेको छ ।