‘ए’ डिभिजन लिग फुटबल असोज १३ देखि हुने, १४ टोलीले माघ १६ गतेसम्म खेल्ने

चार वर्ष बढी समयदेखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी असोजमा हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पूर्वराष्ट्रिय खेलाडी एवं पूर्वएआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित लिग समितिले चरणबद्धरुपमा क्लबहरुसँग गरेको छलफलपछि असोज १३ गतेदेखि रोकिएको लिग सुरु गर्ने निर्णय गरेको हो ।

माघ १६ गतेसम्म हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउनेछन् ।सो समितिले हरेक क्लबमा बढीमा ३५ र कम्तीमा १८ खेलाडी दर्ता हुनसक्ने जनाएको छ ।

विदेशी खेलाडीको हकमा एउटा क्लबले चारजनासम्म राख्न पाउने र एकपटकमा बढीमा तीनजनामात्र मैदानमा खेलाउन पाउने नियम समितिले बनाएको छ ।खेलाडी दर्ता आगामी भदौ १५ गतेदेखि हुने एन्फाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.