भदौ ११ गतेदेखी शुरु हुने एसिसी एसिया कप छनोट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १५ सदस्यीय टिम घोषणा गरेका हुन् ।
टिममा सागर पुन र विनोद भण्डारीले पुनरागमन गरेका छन्। दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर यसअघि नै बाहिरिएका थिए। टोलीमा कप्तान खड्कासहित अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने र सुवास खकुरेल रहेका छन् ।
प्रारम्भिक टिममा रहेका सुनील धमला, प्रदिप एरी सुसन भारी र किशोर महतो वैकल्पिकमा परेका छन्। नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपूर्व सुबोध देशाई छन् । अभ्यासखेल र प्रशिक्षणका लागि सोमबार श्रीलंका प्रस्थान गर्ने नेपालले त्यहा रहदा ३ वटा अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टिम २२ गतेसम्म हुने प्रतियोगिताका लागि प्रस्थान गर्नेछ । पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ। छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ।
Credit : raranews.com
