एकल महिलालाई भेदभाव नगर

हाम्रो समाजमा पछि परेका धेरै वर्ग छन् । समाजमा धेरै जसो एकल महिलाहरु उत्पीडनको शिकार भएर बस्न बाध्य छन् । एकल महिला हुनु कसैको चाहना होइन । त्यो उनीहरुको विवशता र बाध्यता हो । एकल महिलाको संख्या हाम्रो देशमा अस्वभाविक रुपले बढेको छ । माओवादी सशस्त्र द्वन्दका कारण धेर्र महिलाको सिन्दुर पुछिएको थियो भने गोरखा भुकम्प र त्यसपछिको पराकम्पले पनि ठूलो संख्यामा महिला एकल हुन बाध्य भए ।

एकल महिलाको संख्या छ लाख पुगेको अनुमान गरिएको छ । विभिन्न कारणले एकल भएका महिलाको आफ्नै करुण कथा र हृदयविदारक व्यथा छन् । उनीहरुको आधार एक्कासी भास्सिएपछि आफैँ छोराछोरीको लालनपालन र पठनपाठनको समस्या सगरमाथा जस्तै उच्च भएर आउँछ । सगरमाथा जस्तै अग्लो समस्याको समाधान गर्नु कम चुनौतीको विषय होइन ।

त्यसैगरि हाम्रो समाजमा एकल महिलालाई यो गर्न हुदैँन र त्यो गर्न हुदैँन भन्दै भेदभावको व्यवहार गरिन्छ । घर, परिवार र समाजको यस्तो व्यवहारले उनीहरुमध्ये कतिपयले नारकि जीवनयापन गर्नुपर्दछ ।

एकल महिलालाई समाजमा भेदभाव गर्ने भन्दा पनि उनीहरुले गरिरहेका सकारात्मक कामलाई प्रोत्साहन गनर्’पर्दछ । त्यसैगरि, राज्यले पनि एकल महिलालाई विभिन्न समयमा कार्यक्रमहरु ल्याएर उनीहरुलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.