काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्ष दलका सांसदलाई व्यङग्य गर्दै एउटा देश एउटै नेपाली भन्दा चित्त देखाउनेलाई मलम खोज्नको लागि आग्रह गरेका छन्। नीति तथा कार्यक्रममा उठेको विषयको जवाफ दिदै प्रधानमन्त्री ओलीले सरकार केन्द्रिकृत भयो भन्ने आरोपमा यस्तो जवाफ फर्काएका हुन्।
‘नेपाल एक छ,नेपाली एक हुन्भन्दा पनि चित्त दुख्छ भनेत मलम कहाँ पाइन्छ खोज्नुस्’ ओलीले भने। उनले प्रदेश तथा स्थानीय तहका सरकारहरू स्वात्तय नरहेको बताउँदै केन्द्रिय सरकार मातहतकै रहेको बताए।
तल्लो तहका सरकार नेपाल सरकारको पाटा रहेको ओलीको भनाई छ। उनले आफू प्रधानमन्त्री भएपछि छिमेक सम्वन्धमा असाधरण सुधार आएको बताएका छन्। विराटनगरबाट भारतीय अड्डा हटाइउको बताए। उनले तुरुन्तै डुवान भएका क्षैत्र हरेर समधान गर्न थालेको बताए। साथै अबका दिनमा सिमाना विवाद नहुनेसमेत प्रधानमन्त्री ओलीले बताए।
Credit : raranews.com
