उल्सनको ‘हुरी आयो’मा आँचलको अभिनय

काठमाडाैं : नेपाल आइडलको पहिलो संस्करणबाट गायन क्षेत्रमा उदाएका उल्सन श्रेष्ठको पहिलो सांगीतिक कोसेली  ‘हुरी आयो’ सार्वजनिक भएको छ। उल्सनले नेपाल आइडलपछि लामो समयको अन्तरालमा सांगीतिक कोसेली ‘हुरी आयो’ ल्याएका हुन्। गीतमा शब्द, संगीत र

स्वर उल्सनकै छ। गीतमा  हर्कुलस श्रेष्ठको संगीत संयोजन छ। गीतको म्युजिक भिडियोमा नायिका आँचल शर्मा, इन्जमाम अलि खान र उल्सन अभिनय गरेका छन्। नितिन चन्दले निर्देशन गरेको भिडियो सुरेश नेपालीले छायांकन र डिन्सन शाहले सम्पादन गरेका हुन्।  उल्सन नेपाल आइडलको टप ७ बाट बाहिरिएका थिए।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.