नेपालीको लागि चाडपर्व अर्थात खीर खाने दिन घरघरमा खिर खाएर यो पर्व रमाईलो गरि यो पब मनाइँदैछ ।नेपाली संस्कृतिका विभिन्न चाडपर्व मध्ये साउन १५ पनि एक मानिन्छ ।
नेपाली संस्कृतिमा चलनचल्तीमा असार १५ गते दही च्युरा खाने चलन भएजस्तै साउन १५ गते खीर खाने चलन रहेको छ । नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खीर खाने परम्पराको विकास भएको बुढापाकाको भनाई रहि आएको छ ।
खिरमा रहेको दूध, घिउ, चामल, अलैंची–सुकमेल, नरिवल, काजु, काजी–बदाम, किसमिस, केशर, चिनीलगायतको मिश्रणले शरीररलाई न्यानो तथा बर्खायामभर खेती गरेर धाक्ने किसानहरुलाई स्फुर्ति समेत दिने भएकाले पनि खिर खाने संस्कृति रहि खिर खाने चलन मानिएको छ ।
खिर खांदा स्वस्थ्य र फुर्तिलो बनाउन सहयोग पु-याउने विश्वास लिने गरिएको पाईन्छ । आजको दिन घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाइलो गर्ने प्रचलन समेत रहेको छ ।यसै रमाइलोका लागि चितवनमा बिभिनन समुहहरुले यो पव मनाउदैछन् ।
Credit : onlinepana.com
