धर्मशास्त्रमा विश्वास गर्नेहरुले ग्रहणको फलबारे पनि जानकारी लिन खोज्छन् । त्यसैले शुक्रबार लाग्ने चन्द्रग्रहणको फलबारे पञ्चाङ्ग तथा पात्रोहरुमा उल्लेख गरिएको छ ।
शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने नेपाल पञ्चाङ्ग निर्णयक समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ । मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक धन प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ ।
यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने तथा अरुआठ राशि भएकाले हेर्न नहुने समितिले जनाएको छ ।
मेष : सुख
वृष : मान नाश
मिथुन : कष्ट
कर्कट : स्त्री पिडा
सिंह : सुख
कन्या : चिन्ता
तुला : व्यथा
वृश्चिक : धन प्राप्ति
धनु : क्षति
मकर : घात
कुम्भ : व्यय
मीन : लाभ
Credit : onlinepana.com
