आजको दिन तपाईको कस्ता रहला ? राशिफलले यस्तो भन्छ

वि.सं २०७५ साल जेठ ३१ गते, बिहीबार। इश्वी सन् २०१८ जुन १४ तारिख। नेपाल संवत् ११३८, ज्येष्ठ शुक्लपक्ष। तिथि-प्रतिपदा, २३ः४५ बजेउप्रान्त द्वितीया।

मेषः 

मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ।

बृषः

 बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

मिथुनः

 रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्।

कर्कटः 

अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

सिंहः

 आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला।

कन्याः

आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

तुलाः

 सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ।

वृश्चिकः

 खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ।

धनुः

 परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर आफन्तजनसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला।

मकरः

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्।

कुम्भः

 प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। सेवामूलक काम बीचैमा रोकिन सक्छ। तापनि, पशुपालन तथा कृषिबाट लाभ मिल्नेछ।

मीनः

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। –नेपाली पात्रो

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.