आइपीएल : सनराइजर्स हैदरावादसँग किंग्स इलेभन पञ्जाब १३ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदरावादले किंग्स इलेभन पञ्जाबलाई १३ रनले पराजित गरेको छ।

घरेलु मैदान राजिव गान्धी इन्टरनेशनल स्डेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो।

पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रनको योगदान दिए।हैदरावादका लागि मनीष पाण्डेले सर्वाधिक ५४ रन बनाए।

५१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे।शकिब अल हसनले २९ बलमा ४ चौकासहित २८ रन जोड्दा युसुफ पठान २१ रनमा अविजित रहे। शिखर धवनले ११ रन बनाएका थिए।

हैदाराबादका बलर रसिद खानले ३, सकिब अल हसन, सन्दीप शर्मा र बसिल थम्पीले २-२ विकेट लिँदै टिमको जितका लागि महत्वपूर्ण योग्दान गरे।जितसँगै हैदरावाद आइपीएल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।आज (शुक्रबार) हुने खेलमा दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्स आम्ने साम्ने हुने छन्।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.