अाेली सरकारलार्इ कांग्रेसले दियाे ठाडाे काउण्टर, विज्ञ बाेलाएर निकाल्याे यस्ताे निष्कर्ष

नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफलका लागि विज्ञसहित कांग्रेस संसदीय दलको आज बसेकाे बैठकमा विज्ञहरूले आ–आफ्नो राय तथा सुझाव दिएकाे मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

विज्ञहरुले दिएकाे सुझावकाे अाधारमा बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्र जस्तो भएको र आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रष्ट धारणा ल्याउन नसकेको ठहर गरेको छ ।

सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताको घर आगनमा सरकारको सेवा र सुविधा पुर्याउने प्रतिबद्धतालाई बेवास्ता गरेको आरोप लगाएको छ ।

बैठकले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको, तीनै तहका निर्वाचन सम्पन्न भै सकेको अवस्थामा जनताको सम्बृद्धिको चाहनालाई पूरा गर्ने दृढतालाई प्राथमिकता दिन नसकेको निष्कर्ष निकालेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.