अविरल वर्षाले कर्णाली प्रदेश भित्रका केहि जिल्लामा यातायात सेवा अवरुद्ध

पहिराले सडक भत्काएपछि जाजरकोट खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य भएका छन् । जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जाजरकोट शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा

आवतजावत गर्न समस्या भएको छ । गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । वर्षात हुने सडक अवरोध खोल्नका लागि भेरी नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रु दुई लाख २६ हजार भुक्तानी दिने गरी तीन महीनाका लागि स्काभेटर भाडामा लिएको छ । तीन महीनाका लागि भाडामा लिइएको स्काभेटरको समयावधि एक महीना बितिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिनुभयको छ ।

एक महिनामा उक्त स्काभेटरले वडा नं १ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ का फूलबारी र कारागार रोड, ५ र ६ का बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं ८, ९ र १० को भुर–स्याउली रोडमा माथिबाट आएको पहिरो फाल्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनु भयो ।

जाजरकोट खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुँदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकको भनाइ छ । अवरुद्ध सडकलाई तत्काल

सञ्चालन गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नुपर्ने सदरमुकामवासीले माग राखिरहेका छन् । सडक विभागले निर्माण गरेका सडकमा पर्खाल राम्रोसँग निर्माण नगर्दा ठाउँ ठाउँमा पहिरो गएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.