अर्जेन्टिना हार्‍यो, एम्बाप्पेको दुई गोलसँगै फ्रान्स क्वार्टरफाइनलमा

फ्रान्स रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।उपाधिको बलियो दाबेदार अर्जेन्टिनलाई ४-३ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको हो।

फ्रान्सलाई जिताउन एम्बापेले २ तथा ग्रिजम्यान र पाभार्डले १-१ गोल गरे। अर्जेन्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले गोल गरेका थिए।पहिलो पटक अर्जेन्टिनासँग अन्तिम १६ मा भिडेका फ्रान्सले शनिबार कजान रंगशालमा १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो।

केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए।खेलको ४१ औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए।

एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले करिब ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै गोल गरेका थिए।
पहिलो हाफसम्म १-१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफको सुरूवातमै अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लियो।

४८ औं मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडोले गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितिमा पुर्‍याएका थिए। तर, खेलको ५७ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए।

त्यसपछि चार मिनेटको अन्तरमा दुई गोल गर्दै एम्बापेले फ्रान्सलाई अग्रता दिलाए। उनले ६३ औं र ६९ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज स्थितिमा पुर्‍याएका हुन्।त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा अग्यूरोले गोल गर्दै खेललाई ४-३ को स्थितिमा पुर्‍याए।

त्यसपछि अर्जेन्टिनाले पाएका केही राम्रा मौकामा गोल गर्न नसक्दा पूर्व उपविजेता अन्तिम १६ बाटै घर फर्किएको छ। योसँगै फ्रान्सले पहिलो पटक अर्जेन्टिनालाई हराएको छ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.