अब एचडी क्वालीटीमा प्रभु टिभी हेर्न पाइने, कति पर्छ मूल्य ?

अत्याधुनिक प्रविधिमा आधारित प्रभु टेलिभिजन सञ्चालनमा आउने भएको छ । काठमाडौं, चितवन र पोखरामा अहिले परिक्षण प्रसारण भइरहेको र आगामी २/३ हप्तामै व्यावसायिकरुपमा सञ्चालनमा आउने प्रभु टिभीका महाप्रबन्धक शंकर कालिकोटेले जानकारी दिए ।

‘अहिले हामी धमाधम परिक्षण प्रसारण गरिरहेका छौं,’ महाप्रबन्धक कालिकोटेले भने, ‘आगामी २/३ हप्ताभित्रै व्यावसायिकरुमा सेवा सुरु गर्छौं ।’

बैंकिङ, रेमिट्यान्स, इन्स्योरेन्सलगायतका सेवा क्षेत्रमा स्थापित व्यावसायिक घराना प्रभु समूहको लगानीमा प्रभु टिभी सञ्चालनमा आउन लागेको हो ।केबल, एन्टेना तथा छाता बिना नै डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) प्रविधिमा आधारित प्रभु टिभी संचालनमा हुने छ ।

डाइरेक्क टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले नेपालमै पहिलोपटक डीटीटी भित्र्याएको हो । यो टिभीमा अहिलेसम्म नेपालमा नभएको क्वालिटी हुने कालिकोटेले जानकारी दिए ।

पहिलो चरणमा काठमाडौं, पोखरा र चितवनमा सेवा शुरु गर्ने र त्यसपछि धरान र इटहरी, बिराटनगर, बीरगञ्ज, नेपालगञ्जमा शुरु गर्ने अनि देशभर नै सेवा विस्तार गर्दै जाने योजना रहेको उनले सुनाए ।

प्रतिस्पर्धी मूल्यमै गुणस्तरीय सेवा

प्रभु टिभी अन्य टिभीहरुभन्दा महंगो नहुने प्रभु टिभीका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए ।‘हामी प्रतिस्पर्धी मूल्यमै उच्च क्वालिटीको सेवा दिन्छौं,’ भट्टचनले भने ।

प्रभु टिभीको सेवा लिनका लागि शुरुवातमा एन्टेना, सेटटप बक्स खरिदलगायतका लागि करिब २२ सय रुपैयाँ शुल्क लाग्ने र मासिकरुपमा ४ सय रुपैयाँमा नबढ्ने गरि सेवा शुल्क तोकिने छ ।

टिभी हेर्दा सफा दृष्य आउने र उत्कृष्ट ध्वनी आउने उनको दाबी छ । यो टिभी सञ्चालन गर्नका लागि तार तथा छाता आवश्यक पर्दैन ।

फ्रिक्वेन्सीमार्फत च्यानलहरु प्रसारण हुनेछन् । जसकारण यो टेलिभिजन जडान गरेपछि वर्षातका कारण सिग्नल नआउने, तार छिन्ने लगायतका अवरोधहरु नहुने कम्पनीले जनाएको छ ।राउटर जत्रो एन्टेना भएकाले घर तथा कोठा सर्दा समेत यसलाई सजिलैसँग लैजान सकिन्ने छ ।

६० वटा च्यानल अधिकांस एचडी

प्रभु टिभी सर्भिस प्रोभाइडर हो । यसले करिब ६० वटा च्यानलको सेवा उपभोक्तासम्म पुर्याउँछ । जसमध्ये ३५÷४० वटा च्यानलहरु एचडी हुनेछन् ।२०७३ मंसिरमा महाकाली डिजिटल नेटवर्क प्रालिको लाइसेन्स किनेर प्रभु समूहले प्रभु टेलिभिजनको सेवा नाममा संचालन गर्न लागेको हो ।

यसरी हुन्छ सञ्चालन

डिटिवी प्रणालीमा कम्पनीले सामान्य एन्टेनाको माध्यमबाट टेरिस्टोलियल सेवा संचालन गर्नेछ । यस्तो एन्टेनामा सेट टप बक्स जोडिएको हुन्छ । र, यस्तो प्रशारण भूसतही गर्नेछ । यसको लागि कम्पनीले तोकिएको स्थानमा रिपिटर टावर राख्नेछ । र, सोहि रिपिटर टावरबाट भूसतही सिग्नल एन्टेनामा पठाईन्छ ।

सो एन्टेनामा रहेको सेट टप बक्समार्फत सेवाग्राहीले टिभी हेर्न सक्नेछन् । यसका कन्टेन्टहरु भने सबै डिजिटल प्रविधिमा हुनेछन् ।यो टिभी साढे ५ सयदेखि साढे ६ सय मेगाहर्जमा प्रशारण हुनेछ ।

संचार मन्त्रालयबाट अनुमति लिएको १८ महिनामा सेवा शुरु गरिसक्नुपर्ने प्रावधान छ । बैशाख अन्तिममा यो टिभीले लाइसेन्स पाएको १८ महिना पूरा हुनेछ ।टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होम तथा केबल सेवा प्रदायक कम्पनी सिम टिभीमा पनि प्रभु समूहको लगानी रहेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.