अब ‘इ–सेवा’ बाटै बोर्डिङ स्कुलको शुल्क भुक्तानी !

 

रूपन्देहीको कालिकास्थानमा रहेको न्यू होराइजन इंलिस बोर्डिङ स्कुलको शुल्क भुक्तानी अब इ–सेवाबाटै गर्न सकिने भएको छ ।

अलाइन भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा इ–सेवाका प्रोजेक्ट म्यानेजर आशिष गौतम र न्यू होराइजन बोर्डिङका प्रिन्सिपल लोकनाथ उपाध्यायबीच हस्ताक्षर भएको छ । यो सम्झौतासँगै अब अनलाइन शुल्क भुक्तानीको सेवा सुरू भएकाले अभिभावकले घरबाटै आफ्ना नानी–बाबुहरूको स्कुलको शुल्क भुक्तानी गर्न सक्नेछन् ।

अभिभावकको व्यस्तता र शुल्क तिर्नकै लागि स्कुलमा जानुपर्ने झन्झट नपरोस् भन्ने उद्देश्यले अनलाइन भुक्तानी सेवा सुरू गरिएको इ–सेवा फोन पे प्रा.लि. का प्रोजेक्ट म्यानेजर आशिष गौतमले बताए । ‘अभिभावकहरू आफ्नो व्यस्तताका कारण नानी–बाबुहरूको शुल्क भुक्तानी गर्न जान समस्या परेको हामीले धेरै मात्रामा पाउँछौं,’ उनले भने– ‘अर्को कुरा, शुल्क भुक्तानी गर्नकै लागि स्कुलसम्म जानुपर्ने समय र खर्चको बचत होस् भन्ने उद्देश्यले हामीले अहिले स्कुलको शुल्क अनलाइनबाटै तिर्न सकिने सेवा प्रदान गरेका हौं ।’

अब न्यू होराइजनका अभिभावकले आफ्नै मोबाइल तथा नजिकको इ–सेवा जोन तथा प्वाइन्टबाट शुल्क भुक्तानी गर्न सक्नेछन् । बच्चा–बच्ची सहरमा राखेर पढाउने र आफू ग्रामीण भेग अथवा अन्यत्रै बस्ने गरेका अभिभावकलाई पनि अनलाइन भुक्तानीले झनै सजिलो बनाइदिएको छ । म्यानेजर गौतम भन्छन्– ‘बुटवलमा धेरै विद्यार्थीहरू पहाडबाट आएर अध्ययन गरिरहेका छन् । उनीहरुका अविभावकहरु कोही ग्रामीण भेगमा त कोही विभिन्न सिलसिलामा बाहिर बस्नुहुन्छ, अनलाइन शुल्क भुक्तानी सेवाले उहाँहरुलाई अझ सहज बनाएको छ ।’

न्यू होराइजन बोर्डिङ नेपालकै उत्कृष्ट विद्यालयमध्येकै एक मानिन्छ, जसले रहेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । बोर्डिङमा ३ हजार ४ सयभन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।

इ–सेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको पहिलो ‘पेमेन्ट गेटवे’ हो । इ–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज–बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका सेवाहरूको भुक्तानी गर्न सकिन्छ ।

इ–सेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इ–सेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इ–सेवाका देशभर करिव ३६ हजारभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा प्वाइन्ट) छन् । यी जोन प्वाइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्सको टिकट खरिद गर्न सक्दछन् ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.