बहुमतको सरकार आएसँगै देशमा केहि राम्रा कामहरुको थालनि भइरहेका छन् । तर, ती कामहरु जनताले अपेक्षा गरे बमोजिम पर्याप्त छैन । डा.गोविन्द केसीको अनसन, विरोध गर्न निषेधाज्ञा क्षेत्रको घोषणा, साँस्कृति विश्वविद्यालयको उपकुलपति कुलप्रसाद कोइरालालाई गरिएको अपमान, जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्नु लगायत कयौँ कारणले गर्दा ओली सरकारप्रति जनताको असन्तुष्टि चुलिदैँ गएको छ ।
शक्तिशाली सरकार भएका कारण पनि जनताले सरकारको हरेक कदमलाई निहालिरहेका छन् । त्यसैले, ओली सरकारलाई लापर्वाही गर्ने कुनै छुट छैन ।
ओली सरकारले गरेका निर्णयहरुलाई सर्वोच्चले उल्टाइरहेको अवस्थामा पनि सरकारप्रति जनताको विश्वास गुमिरहेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा नियुक्त पाएकाहरुलाई हटाउने सरकारको निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाएको छ । तसर्थ, सरकारले निर्णय गर्नुपुर्व गहन अध्ययन गरेर निछोड निकाल्नुपर्दछ ।
ओली सरकारप्रति जनताले धेरै अपेक्षा गरिरहेका छन् । विगतमा ओली सरकारले देखाएको सपनालाई काम परिवर्तन गर्न दिएको अवसरलाई लत्याउनु हुदैँन । त्यसैगरि, अपरिपक्व निर्णय गरेर सरकारलाई कमजोर बनाउने काम ओली सरकारले गर्नुहुदैँन । अतः नेपाली जनताले गरेको विश्वासलाई कदर गर्दै ओली सरकारले विवादास्पद निर्णय गर्नुहुदैँन ।
Credit : onlinepana.com
