२३ हजार अवैध कुखुराका चल्लासहित तीन भारतीय तस्कर पक्राउ

सशस्त्र प्रहरीले भारतबाट भित्राइएको २३ हजार ब्रोइलर कुखुराको चल्ला मंगलबार नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वटर बाँके नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक मोहबिर नगालको कमाण्डमा खटिएको ९ जनाको पट्रोल टोलीले नेपालगञ्ज उपमहानगरपालिका – २१ स्थित बिर्ताबाट अवैध रुपमा भारत देखि नेपालतर्फ ल्याउदै गरेको अवस्थामा कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

बोईलर कुखुराका चल्लाको मुल्य दुई लाख सात हजार रुपिया अनुमान गरिएको छ ।

३ वटा साईकल सहित पक्राउ परेका भारतको बहराईच सीतापुरका इन्सान अली, अतिक अली र सेफअली खानलाई आवश्यक कारबाहीको लागि पशुक्वारन्टाईन चेकपोष्ट जमुनाहमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले जानकारी दिए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.