वार्ता भन्दै नेकपाका नेता गिरफ्तार गर्दै सरकार, धनुषाका इन्चार्ज र सेक्रेटरी गिरफ्तार

सरकारले वार्ता टोली बनाएर विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत द्वन्द्वरत शक्तिहरुलाई वार्तामा बोलाएको छ ।

नेपालको “तराई क्षेत्रलाइ छुट्टै मधेश देश बनाउनु पर्छ ” भन्ने सिके राउतलाई सार्वजनिक रुपमा कार्यक्रम गर्न दिन्छ । उनले धनुषाको जनकपुरमा ठुलो कार्यक्रम गरेर छुटै मधेश देश बनाउन मधेशी सेन्नको घोषणा गरे । त्यहाँ रहेका सेना, प्रहरी, प्रशासन मौन रहे ।

तर त्यही धनुषामा शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गरिरहेको बिपल्ब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको धनुषा जिल्लाका नेताहरुलाई गिरफ्तार गरेर बेपत्ता बनाएको छ । यस बारेमा न सरकारी वार्ता टोली बोल्छ, न कुनै मानव अधिकारवादी संघ-संस्थाहरु नै बोल्छन ।

नेपाल कम्युनिस्ट पार्टीका धनुषा जिल्ला इन्चार्ज राजु कार्की र धनुषाकै जिल्ला सेक्रेटरी अमर क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले धनुषाबाट गिरफ्तार गरेको हो ।

नेता कार्की र क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको नेकपा जनकपुर ब्युरोले जनाएको छ । गिरफ्तारीमा परेका नेताकार्यकर्तालाई तत्काल सार्वजनिक गरी रिहा गर्न नकपा जनकपुर ब्युरोले माग गरेको छ । साथै यथाशिघ्र रिहा नगरे आन्दोलनको कार्यक्रम घोषणा बाध्य हुने चेतावनी पनि दिएको छ ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.