रुकुम पश्चिमको सल्ले विमानस्थल तीन महिनापछि सञ्चालन

रुकुम : रुकुम पश्चिमको सल्ले विमानस्थल तीन महिनापछि सञ्चालनमा आएको छ। विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले आइतबारदेखि सेवा सुरु गरेको हो। निगमको विमानले काठमाडौं–रुकुम–नेपालगञ्ज उडान गरेर सेवा सुरु गरेको हो। जहाजले काठमाडौं र

नेपालगञ्ज गरी पहिलेकै तालिकाअनुसार सातामा एक एक दिन उडान भर्ने निगम सल्लेका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए। उनका अनुसार जहाजले आइतबार काठमाडौं–रुकुम–नेपाजगञ्ज र सोमबार नेपालगञ्ज–रुकुम–काठमाडौं उडान भर्ने छ।  यसअघि दुर्गम

ठाउँमा उडान गर्ने निगमका जहाज अपुग र ग्राउडेड भएपछि सेवा बन्द भएको थियो। दसैंतिहार नजिकिँदै गर्दा हवाइ सेवा सञ्चालनमा आएपछि रुकुम पश्चिम र पूर्वका सर्वसाधरण खुसी भएका छन्।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.