प्रवासमा हाम्रो मनोदशा किन आक्रान्त ?

मनोविज्ञान शब्द व्यक्तिको मनोदशाको बहुआयामिक खोज हो । यसलाई मनभित्रको तरंगले व्यावहारिक अनुभवलाई पार्ने प्रभाव वा आचरण र व्यवहारको खोजविज्ञान पनि भन्न सकिन्छ । अहिले मनोविज्ञान के हो र यसको व्याख्या–विश्लेषण कसरी गर्न सकिन्छ भन्ने कुराभन्दा पनि प्रवासमा हाम्रो मनोदशा कुन कुराले बढी प्रभावित छ भन्ने कुरालाई विश्लेषण गर्न खोजिएको हो ।

प्रवासमा हाम्रो मनोदशालाई यही भोगेको, अनुभव गरेको र देखेको अनुभूतिबाट खोज्न सकिन्छ । प्रवासी मनोदशाको सूक्ष्म विश्लेषणबिना हामीले डायस्पोराको सामाजिक रुझानबारे टिप्पणी वा व्याख्या गर्न खोज्नु मूर्खतासिवाय केही होइन ।

हामीले हाम्रो मनोवृत्तिको अधिकतम हिस्सा मुलुकबाट आउँदा आफूसँगै लिएर आएका हुन्छौँ । जुन मनोवृत्ति हाम्रो शारीरिक विकासको क्रमसँगै समाजका प्रचलित विचार, परम्परा, स्वभाव र प्रवृत्तिबाट हामीमा संक्रमित भएका हुन् । हामीलाई कार्य सम्पादनभन्दा बढी सम्मान चाहिन्छ ।

अरूको तुलना आफूसँग गर्दा ज्ञान, सीप, इमानदारिता, अनुशासन र सामाजिक त्यागभन्दा पनि आर्थिक अवस्था, पहुँच र रवाफलाई मानक मानेर गर्दछौँ । अरूको सम्मानमा ध्यान दिनुभन्दा अरूबाट आफ्नो मूल्यांकन र सम्मान होस् भन्ने चाहना अधिकतममा देखिन्छ । त्यो नेपालबाट प्रवास छिरेका पहिलो पुस्ताको मूल प्रवृत्ति हो ।

अर्कोतर्फ आफूलाई अरूभन्दा अग्लो देखाउन, अरूको मानमर्दन गर्ने र आफूलाई सधैँ केन्द्रीय चर्चामा राख्न खोज्ने प्रवृत्ति पनि प्रवासका पहिलो पुस्ताका केही नेपालीको मूल प्रवृत्ति नै हो । जसलाई फोरेन्सिक र आलोचनावादी मनोविज्ञानमा व्याख्या गरिएको हुन्छ । यो प्रवृत्तिमा पूर्वाग्रही मनोदशाको अधिकतम प्रयोग हुन्छ ।

‘मेरा मूल्यमान्यताहरू अरूको भन्दा उत्कृष्ट छन्, मबिना संसार चल्दैन, मेरो आवश्यकता समाजको कुनै पनि क्षेत्रमा अपरिहार्य छ’ भन्ने मान्यता राख्नु यो प्रवृत्तिवालाको दम्भ हो । हामी पहिलो पुस्ताका डायास्पोरिक नेपाली भएकोले प्रायः सबै यो मनोदशामा चक्कर काटिरहेका हुन्छौँ ।

‘तपाईं सत्य हुनुहुन्छ भने ऊ पनि सत्य हुन सक्छ ? के सत्य तपाईंको मात्र पेवा हो ? के त्यो केवल तपाईंसँग मात्र रहन्छ ? तपाईंको सत्य आधा हो, ऊसँगको सत्य आधा हो ।’ सत्य आफ्नो आफ्नो हुन्छ भन्ने मनोविज्ञानको अर्को तर अपरिहार्य पाटो हो । मनोविज्ञानले एउटै सत्य, सामूहिक सत्य र आस्थागत सत्यलाई फरकफरक प्रकारले नियालेको हुन्छ । यही सत्यले समाज र व्यक्तिको मिलन, सहकार्य र सामूहिक अभ्यासलाई अगाडि बढाएको हुन्छ ।

युरोप अझ बेल्जियमको नेपाली समाजमा प्रचलित प्रवृत्तिहरूलाई हेर्दा ‘ऊ पनि सत्य हुन सक्छ’ भन्ने मनोवृत्तिभन्दा ‘म मात्रै सत्य हुँ’ भन्ने मनोवृत्ति बढी हाबी देखिन्छ । जस्तोकी भर्खरै युरोपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको आगमन भयो । त्यसमा बेल्जियम जनसम्पर्क समितिभित्र चलेको दुई खेमाबीचको अन्तरसंघर्षले आक्रामक रूप लियो । एक पक्षको आरोप छ– नेता त्यो पार्टीप्रति आस्थावान सबैका साझा हुन् भन्ने कुरा जनसम्पर्क समिति बेल्जियमको नेतृत्वमा रहेको खेमाले बिर्संदा अर्को खेमाले दुःख व्यक्त ग-यो र वक्तव्य नै जारी ग¥यो ।

लग्जेम्बर्गको अधिवेशनमा ‘केन्द्रको पत्रसहित पुगेका प्रतिनिधिलाई अर्काे पक्षको पूर्वाग्रहको कारण अपमानित गर्न खोजिएको’ त्यो पक्षको अर्को आरोप छ । यदि त्यो हो भने वरिष्ठ नेताले दुवै खेमालाई सहमतिमा ल्याएर अधिवेशन गराएको भए स्थिति आग्रहरहित बन्न सक्थ्यो ।

त्यो छाती वरिष्ठ नेतामा हुनुपथ्र्यो र उनले एउटा पक्षको मात्र कुरा नसुनेको भए र छलफलबाट निकास खोजेको भए दुवै खेमाको एकता, मिलाप र सहकार्यले आगामी एनआरएनलगायतका चुनावमा समेत सकारात्मक प्रभाव पाथ्र्यो । तर, दुःखको कुरा त्यो हुन सकेन किनकि कांग्रेसको गुठबन्दी तलदेखि माथिसम्म जब्बर बनेर स्थापित भइसकेको रहेछ ।

त्यस्तै, अर्कोतर्फ नेतृत्वमा रहेकाहरूले पनि यस्ता प्रवृत्तिहरू सदैब समाज र संघको हितमा हुँदैनन् भन्ने सोच राख्नु सर्वथा संघको हितमा हुन्थ्यो ।

विधानमा नभएको र केन्द्रले मान्यता नदिएको युरोप कांग्रेसलाई विधानतः नसमेट्दासम्म त्यसकै निहुँमा खिचलो थापिरहनु सर्वथा जायज होइन भन्ने सीता पक्षको आरोप छ । यदि त्यसो हो भने केन्द्रलाई सहभागी गराइएको आन्तरिक छलफलबाट निकास खोज्न सक्नु जायज हुन्थ्यो ।

‘संघर्षरत दुवै समूहले दुईतिर मुख फर्काएर बस्दा संगठनको गति खस्केको’ कार्यकर्ताको आरोप छ । दुवै गुठले आफ्नै खुट्टामा सधैँ बन्चरो हानिरहँदा संगठन थिलोथिलो भएर ‘मेरो संगठन’ भन्न पनि लाज लाग्ने अवस्था आएको बेल्जियमका कांग्रेस कार्यकर्ताको अर्को आरोप हो । त्यो अवस्थामा निकास दिन नसक्ने स्थानीय नेतृत्व, गुटको झुन्ड बोकेर हिँड्ने नेता र त्यसैमा रमिता मानेर ताली ठोक्ने कार्यकर्ताले समर्थकहरूलाई कसरी जवाफ दिने हुन् खै ! भविष्यले नै बताउला ।

‘गंगा खेमाले पनि नेतृत्वलाई बहिष्कार नै गर्ने हदसम्म जानु हुँदैननथ्यो भन्छन् कांग्रेसका भुरे नेताहरू । दुईजनाको इगोको कारण सम्पूर्ण संगठन विभाजित हुँदा समाजमा त्यसको नकारात्मक संदेश मात्र गएको छैन । संसारभरिबाट बेल्जियमका नेपालीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बनिरहेको आरोप छ ।

अत यी सबै हाम्रा नेपालबाट आयातीत नकारात्मक मनोवृत्तिहरू हुन् । ती पुराना पूर्वाग्रही मनोदशालाई नत्यागेसम्म ‘ऊसँग पनि सत्य छ’ भन्ने कुरालाई नस्विकारेसम्म हाम्रो सामाजिक प्रगति सम्भव छैन ।

हिजोका गलत प्रवृत्ति सिक्नका लागि हुन्, जसबाट समाज विकास सम्भव छैन भन्ने धारणा बनाउनु जरुरी छ । ‘सिक, सिकेर नथाक, व्यवहारमा जाऊ र पुनः सिक अन्त्यमा समाजलाई पनि सिकाऊ’ भन्ने अग्रजहरूको उक्तिले हामीलाई जिम्मेवारी बन्न प्रेरित गर्दछ । जसको मर्मलाई आत्मसात् गर्नु ‘ऊ वा यो भन्दा पनि’ सबैको जिम्मेवारी हो ।

शंका र मनमुटाब मेट्न आवश्यक परे वैकल्पिक संयन्त्र बनाउनुपर्छ । नयाँ तरिकाले सोच्न सक्नु पनि पर्छ ता कि यस्तै अन्योलको अवस्था अबको पुस्ता, भविष्यको नेतृत्व वा कसैमाथि पनि नहोस् । हामीले भन्ने यति मात्र हो, काम गर्ने संगठनवालाहरूले हो ।

अन्यथा यस्तै पारा रहिरह्यो भने हाम्रो समाज सधैँ केहीको दुराग्रही मनोदशाको सिकार भइरहनेछ । एउटाले पोर्चुगलमा नेता निधि असफल बनाएको पैँचो अर्कोले पौडेललाई तिर्ने परम्पराको विकास पक्कै पनि मतभेदको निकास नभएर असमझदारीको निरन्तरता हो ।

द्रौपदीको बदलाको भावनाले विनाशकारी महाभारत युद्ध भयो । दुर्योधनको अहमताले वंशको नै समाप्ति भयो । त्यसैले हाम्रो आक्रान्त, द्वेषपूर्ण मनोदशाको समीक्षा जरुरी छ । एउटाले अर्काको अस्तित्व समाप्त पार्न कदापि सम्भव छैन र आपसी अस्तित्वको स्वीकार नै मिलापको सबैभन्दा महत्वपूर्ण कुञ्जी हो । यो कार्य वरिष्ठ नेताले सक्थे । तर, उनी पनि आक्रान्त मनोदशाको सिकार भएछन् । समस्या जहाँको तहीँ छोडेर हानिँदै नेपाल फर्के ।

उनीहरूको मुख ताकेर कुरो मिल्दैन र मिलाउन पनि सक्दैनन् । उनीहरूमा एउटा पक्षको कुरो सुन्ने बानी परेको छ किनकि गुटबन्दीका नाइके उनीहरू नै हुन् । त्यसैले बेल्जियमवासी जनसम्पर्कवालाहरूले नै आफ्नो बुद्धिलाई सान्दर्भिक र पूर्वाग्रहरहित बनाउनु जरुरी छ ।

कसैले कसैसँग रिस उठेको छ भनेर बद्नाम गर्न खोज्ने र कसैलाई मन परेन भन्दैमा चरित्र हत्यामा तल्लीन हुने हाम्रो मनोविज्ञानलाई सुधार गर्नु आजको आवश्यकता हो । अन्यथा हाम्रा सन्ततीले हामीलाई अत्यधिक घृणा गर्ने बाटो त्यही हुनेछ ।

आफूलाई सञ्चारकर्मी हुँ भन्नेहरूमा पनि त्यो आत्मघाती प्रवृत्ति यदाकदा देखिन्छ । कसैको ‘राजदूत वा कुनै अभियन्तासँग’ व्यक्तिगत पूर्वाग्रह छ भने कुनै अर्काे पात्र उभ्याएर रिस उठेको व्यक्तिको खनी–पखाली गर्ने प्रवृत्ति अचेल बढ्न खोजेको छ । त्यो प्रवृत्तिको रोकथाम भनेको सकारात्मक सोचसहित आफ्नो विकृत मनोविज्ञानको समीक्षा नै हो । आक्रोशबाट आक्रान्त मनोदशा समाजको अभिशाप कदापि बन्नुहुँदैन र बन्न दिनु पनि हुँदैन ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.