‘प्रधानमन्त्रीले स्वर्ग जान सुनको पुल बनाईदिन्छु भन्न बेर छैन’ : खतिवडा

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रममा छरेर राखेको बताएका छन् । कहिले सप्तकोशीमा पानीजहाज चलाउने त कहिले सगरमाथामा केबुलकार हालिदिने भन्ने भ्रम मात्रै छरेर बसेको उनले आरोप लगाए ।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बौल्दै नेता खतिवडाले कम्युनिष्ट पार्टीको दुईतिहाईको सरकार हुँदा पनि जनअपेक्षित काम गर्न नसकेको बताए ।

उनले भने, ‘कुन दिन प्रधानमन्त्री ओलीले मरेपछि पनि नेपाललीलाई स्वर्ग जान सुनको पुल बनाईदिन्छु भन्न बेर छैन ।’ उनले मुलुकमा बलत्कार, हत्या, अपहरण जस्ता अपराधिक क्रियाकलाप दिनदिनै बढ्दै जादाँ समेत अपराधीलाई कारबाही गर्न नसकेको बताए ।

त्यस्तै कार्यक्रममा सांसद जिपछिरिङ लामाले पार्टी कार्यकर्तालाई गाँउ गएर संगठन निर्माणमा जुट्न आग्रह गरे । उनले पाटीभित्र छाडातन्त्र मौलाउँदै गएको भन्दै सबै नेता तथा कार्यकर्तालाई अनुशासनमा रहन आग्रह गरे ।

त्यस्तै सांसद दिव्यमणी राजभण्डारीले वर्तमान सरकारले जनताको चाहाना अनुसार काम गर्न नसकेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा दोलखाका पुर्व पार्टी सभापति देवीप्रसाद न्यौपानेले पार्टीभित्र मौलाएको धनबाद र नाताबादले गर्दा त्याग र सर्मपनको अवमुल्ययन भएको बताए ।

उनले कांग्रेस नेतृत्व आफु सरकारमा रहँदा केही नगर्ने अनि सरकार बाहिर रहने वित्तिकै कोकाहल मच्चाउने गलत प्रवित्ति छाड्नुपर्ने बताए । कम्युनिष्ट सरकारको अहिले नै त्यत्रो आलोचना गरीहाल्नुपर्ने, पार्टी आन्दोलनमा गईहाल्नुपर्ने अवस्था नरहेको बताए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.