पार्टी एकता उल्ट्याउने षड्यन्त्र भयो : प्रचण्ड

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिएका छन् ।

शनिबार दशैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आइतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने समेत बताए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.