नेपाल प्रहरीले माग्यो झण्डै आठ हजार दरखास्त, इन्स्पेक्टरदेखि खेलाडीसम्म

प्रहरी प्रधान कार्यालयले झण्डै आठ हजार प्रहरीका लागि दरखास्ता आव्हान गरेको छ। प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले प्रहरी निरीक्षक १०८ जना सहायक निरीक्षक ५२४ जना र जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आव्हान गरेको छ। त्यस्तै भान्सेका लागि ३२० जनाको दरखास्त आव्हान गरिएको छ।

१५ जना हजाम, सिलाई बुनाई सम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जना र खेलाडी ३० जनाको दरखास्त आव्हान गरिएको छ। प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट दरखास्त दिन सकिने छ।

त्यस्तै जवानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट पनि दरखास्त दिन सकिने छ। दरखास्त दिन असोज अठार गतेदेखि कार्तिक २९ गते सम्मको समय तोकिएको छ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.