नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष ओली र प्रचण्डको व्यस्तताले गर्दा स्थिगीत बैठक आज बिहान ८ बजेदेखि सुरु भएको हो ।

बैठकले पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा सरकारका विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ । पार्टी एकीकरण र सरकारका विषयमा पूर्व एमाले समूहमा ठूलो विवाद र आरोप प्रत्यारोपको बाढी चलेको देखिन्छ ।

आजको बैठकमा पार्टीभित्रको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । साथै, पार्टीको जिल्ला तथा प्रदेश र जनसंगठनको एकतालाई पनि टुंग्याउनका लागि बैठकमा छलफल हुने केही दिनअघि शिर्ष नेताहरुले बताएका थिए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.